Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दार्चुलामा घरमा आगलागी, भैंसीसहित सम्पत्ति जलेर नष्ट

दार्चुलामा घरमा आगलागी, भैंसीसहित सम्पत्ति जलेर नष्ट

काठमाडौँ । दार्चुलाको लेकम–५, मैखोली इरखोलीमा बिहीबार बिहान स्थानीय अम्बादत्त जोशीको दुई तले घरमा आगलागी भएको छ। आगलागीले घर, भैँसी, काठ र अन्नपात जलेर नष्ट भएको वडासदस्य शंकरदत्त जोशीले जानकारी दिए।

गोठभित्र रहेको गाई पनि घाइते भएको छ। प्रारम्भिक अनुसन्धान अनुसार भैंसीलाई खालो पकाउने क्रममा आगो नियन्त्रण बाहिर गएर घरमा सल्किएको थियो। प्रहरी टोलीले क्षति करिब १ लाख ५० हजार रुपैयाँ भन्दा बढी भएको अनुमान गरेका छन्।