काठमाडौं । राजधानीको गोकर्णेश्वर क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ। गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट नेपाली एक हजार दरका ७६ थान नक्कली नोटसहित ३२ वर्षीय दावा नोर्वु शेर्पा लगायत ६ जना पक्राउ परेका हुन्।
पक्राउ पर्ने शेर्पा शंखरापुर नगरपालिका–४ साँखु निवासी तथा स्थायी ठेगाना सिन्धुपाल्चोकको बाह्रबिसे गाउँपालिका–२ रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको संयुक्त टोलीले बुधबार राति उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।