Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्णालीमा एक महिनामा १ सय ३३ दुर्घटना, ११ जनाको मृत्यु

कर्णालीमा एक महिनामा १ सय ३३ दुर्घटना, ११ जनाको मृत्यु

काठमाडौँ । मंसिर महिनाभित्र कर्णाली प्रदेशमा १ सय ३३ वटा सवारी दुर्घटना भएका छन्, जसमा १ सय ७९ सवारी साधन संलग्न थिए। प्रहरीका अनुसार यी दुर्घटनामा ११ जनाको मृत्यु र २४५ जना घाइते भएका छन्।

प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुर्घटनाको मुख्य कारण सवारी चालकको लापरवाही रहेको जनाएको छ। तथ्यांकअनुसार चालककै कारण १ सय ८, सवारी साधनको कारण १९, सडक प्रयोगकर्ताको कारण ४ र यात्रुको कारण २ दुर्घटना भएका छन्।

कर्णाली प्रदेश प्रहरी प्रमुख माधव प्रसाद श्रेष्ठले सडकका कठिन भौगोलिक अवस्थालाई ध्यानमा राख्दै सवारी चालकलाई गति नियन्त्रण, मदिरा सेवन नगर्न, ट्राफिक नियम पालन गर्न र सवारीको प्राविधिक अवस्था जाँच गर्न आग्रह गरे।