Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने समानुपातिक सूची सुधार्न तयार, धेरै नाम हट्ने संकेत

रवि लामिछाने समानुपातिक सूची सुधार्न तयार, धेरै नाम हट्ने संकेत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव आयोगमा पेश गरेको बन्दसूची विवादमा परेपछि आवश्यक सुधार गर्ने तयारी गरेको छ। पार्टीले समयसीमा भित्र सूचीमा भएका कमीकमजोरी सुधार्ने जनाएको छ।

रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङको एकतापछि सूचीमा व्यापक फेरबदल भएको थियो। यसपछि सामाजिक सञ्जालमा पार्टी पतन, परिवारवाद, कृपाबाद र पैसावालालाई स्थान दिएको भन्दै आलोचना चर्को बनेको छ।

रास्वपा सभापति लामिछानेले विधिभन्दा बाहिर आफ्नो पार्टी नजाने दाबी गर्दै, समानुपातिक सूचीमा आवश्यक सुधार हुने बताए। नेता गणेश पराजुलीले पनि जनगुनासो सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे।

समानुपातिक सूचीमा कुलमान घिसिङसँग सम्बन्धित ‘ससुरा’ भनिएका व्यक्तिहरूको आरोप असत्य भएको समेत पुष्टि गरिएको छ। पार्टीले प्राइमरी इलेक्सनको नतिजा पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा विवाद उत्पन्न भएको हो।