काठमाडौँ । सूर्यदर्शन सहकारी ठगी प्रकरणसँग सम्बन्धित मुद्दामा तारिख बुझ्न रास्वपा सभापति रवि लामिछाने पोखरा आएका छन्। जिल्ला अदालत कास्कीमा उपस्थित भएर उनले कानुनी प्रक्रिया पूरा गरेका हुन्।
अदालतका सूचना अधिकारी रामबहादुर किसानका अनुसार यस मुद्दामा संलग्न सबै प्रतिवादीहरूको तारिख एकै मितिमा मिलाउने उद्देश्यले रवि अदालत आएका हुन्। यसअघि रवि सोही प्रकरणमा धरौटीमा रिहा भएका थिए।
उल्लेखनीय छ, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए भने पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।