Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

तुलसीपुरमा ६४ लाखभन्दा बढी नगदसहित युवक पक्राउ

तुलसीपुरमा ६४ लाखभन्दा बढी नगदसहित युवक पक्राउ

काठमाडौं । काठमाडौंमा चोरी गरिएको ठूलो रकमसहित दाङको तुलसीपुरबाट एक युवक पक्राउ परेका छन्। तुलसीपुर उपमहानगरपालिका–६ गोलौराका २४ वर्षीय दुर्गाबहादुर केसीलाई प्रहरीले मंगलबार बिहान आफ्नै घरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार, केसीको घरमा खानतलासी गर्दा ६४ लाख ८१ हजार रुपैयाँ नगद बरामद गरिएको छ। प्लम्बर पेसामा संलग्न केसीले उक्त रकम काठमाडौंको विशालनगरस्थित एक इन्टरनेट सञ्चालकको घरबाट चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सिसिटिभी फुटेजमा चोरीको दृश्य देखिएपछि प्राप्त सूचनाका आधारमा प्रहरीले केसीको पहिचान गरी पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।