Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौंमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौंमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

काठमाडौँ । काठमाडौंको बुढानीलकण्ठ–७ गोल्फुटार चोकमा मंगलबार बिहान मोटरसाइकल अनियन्त्रित भएपछि दुर्घटना भएको छ। दुर्घटनामा परी २५ वर्षीय अवी श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, चक्रपथबाट हात्तीगौंडातर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०५२ प ५४०२ नम्बरको मोटरसाइकल सडक किनारको बिजुलीको पोलमा ठोक्किएको थियो। गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भयो।

सुबेदीका अनुसार, प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।