काठमाडौँ । मध्यपुरथिमि–१ लोकन्थलीमा सोमबार साँझ ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ३२ वर्षीया स्वस्तिका ऐर बडाल घटनास्थलमै मृत्यु भएकी छन्। मोटरसाइकल चालक श्रीमान् करणसिंह बडाल गम्भीर घाइते भएका छन् र उनलाई भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ। ट्रक चालक २५ वर्षीय प्रशान्त बललाई प्रहरीले नियन्त्रणमा लिएको छ।