Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रेशम चौधरीको पार्टी रास्वपामा आउदै

रेशम चौधरीको पार्टी रास्वपामा आउदै

काठमाडौं ।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीसंग रेशम चौधरीले एकता गर्ने भएका छन् । यस अगाडी देखी नै उनी एकतामा जाने चर्चा थियो ।

हिजो मात्रै उनले बालेन शाहसंग भेटेको फोटो सामाजिक सञ्जालमा राख्दै तस्विर आफै बोल्छ भनेका थिए । केहि दिन अगाडीदेखि नै उनी बालेन र रविसंग मिलेर जान तयार भएको बुझिएको छ । यस अगाडी रेशम नेतृत्वको पार्टी नागरिक उन्मुक्ती नेपाल रञ्जीता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति संग मिल्ने चर्चा थियो । तर, उनीहरु अझै मिल्न सकेका छैन ।

श्रीमान श्रीमतीकामे भुमिकामा रहेका रेशम र रञ्जिताको भने राजनीतिक त्र्रेकअप भई सकेको छ । रेशम चौधरीले नाउपासँगको एकता अहिले सम्भव नभएको बताएका छन् ।  राजनीतिक पार्टी एक हुन कानुनी अड्चन र देशले बनाएको नीति नियम तथा संविधानको पालना गर्नुपर्छ’, ‘नाउपाको विधानमा दुई तिहाइ केन्द्रीय सदस्यले निर्णय गरेपछि मात्रै पार्टी एकीकृत हुन्छ ।

नाउपा नेपालको पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेपछि पार्टी एकीकरण प्रक्रिया अघि बढ्छ ।’ चौधरीले भने । तर, केहि समय अगाडीमात्रै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टी र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी एउटै चुनाव चिह्नबाट लड्ने खबर बाहिरिएको थियो ।  तीनै दलका नेताले एउटै निर्वाचन चिह्नबाट लड्ने गरी निर्वाचन आयोगमा बन्दसूची पेश गरेका छन् । जाँतो चुनाब चिह्नबाट लड्ने बताईएको थियो । तर, अहिले रेशम रास्वपासंग बार्तामा रहेको बुझिएको छ ।

यता उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन शाहले बर्ता गरिरहेका छन् । कुलमानलाई पनि रास्वपामा जोड्ने प्रयास भई रहेको छ । पछिल्लोपटक भएका छलफलहरू निष्कर्षविहीन भएका थिए ।

तर, अहिले उनी पुनः छलफलका लागि गएका छन्। तर, मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएको छ । आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाएको उज्यालो नेपालका प्रवक्ता राजु थापाले जानकारी दिए । रास्वपा र शाहसँग छलफल गरेर समानुपातिक सूची तयार पार्ने समय अभाव भएकाले अहिले एक्लै समानुपातिक सूची बुझाएको थापाले बताए ।

अहिले फेरि ३ जना नै मिल्नु पर्नै चौतर्फी दबाबका बिच उनीहरु पुन छलफलमा जोडिएका छन ्।  रास्वपा सभापति र बालेनबीचको सहमतिमा कार्यकारी पद बाँडफाँट हुँदा कुलमानलाई पन्छाएपछि उनी असतुस्ट बनेका थिए ।