काठमाडौँ । कञ्चनपुरको बेलौरी नगरपालिका–७, पौलाहमा घरायसी कामकै क्रममा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। घरमा धोएका कपडा सुकाउँदै गर्दा बिजुलीको तार छोएपछि २८ वर्षीया हरिना चौधरी गम्भीर घाइते भएकी थिइन्।
घाइते चौधरीलाई तत्काल उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र, बेलौरी लगिएको थियो। तर उपचारकै क्रममा आज बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए।