Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेलिब्रिज जडानसँगै रसुवागढी नाका खुल्यो, पुष १७ देखि पूर्ण सञ्चालन

बेलिब्रिज जडानसँगै रसुवागढी नाका खुल्यो, पुष १७ देखि पूर्ण सञ्चालन

काठमाडौँ । चीन सरकारले बेलिब्रिज जडान गरेपछि रसुवागढी नाका आंशिक रूपमा सञ्चालनमा आएको छ। गत असार २४ गतेको बाढीले रसुवागढी–चीन जोड्ने मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त भएपछि सोही स्थानमा चीन सरकारले अस्थायी बेलिब्रिज निर्माण गरेको हो।

रसुवागढी भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईका अनुसार हाल मानिसको आवतजावत खुला गरिएको छ भने सामान ढुवानी भने तत्काल सुरु भएको छैन। नाका जनवरी १ (पुस १७) देखि पूर्ण रूपमा सञ्चालनमा आउने तयारी रहेको उनले बताए।

यसअघि चीन सरकारले नेपाल सरकारलाई पत्राचार गर्दै बेलिब्रिज निर्माण सम्पन्न भइसकेको र औपचारिक सञ्चालनको प्रतीक्षामा रहेको जानकारी दिएको थियो। जिल्ला प्रशासन कार्यालय रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले पनि बिहीबारदेखि बेलिब्रिज सञ्चालनमा आएसँगै नाका खुल्ने पुष्टि गरेका छन्।

असार २४ को बाढीपछि मितेरी पुल बग्दा रसुवागढी नाकाबाट राजस्व संकलन प्रायः शून्य भएको थियो। बेलिब्रिज सञ्चालनसँगै नाकाको व्यापारिक गतिविधि पुनः सक्रिय हुने अपेक्षा गरिएको छ।