Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निर्वाचनको तयारी: दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्दै

निर्वाचनको तयारी: दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्दै

काठमाडौं। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा पेश गर्न थालेका छन्। आइतबारसम्म नेपाल मजदुर किसान पार्टी (नेमकिपा)सहित तीन दलले १३४ जनाको बन्दसूची पेस गरिसकेका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, बन्दसूची पेश गर्ने प्रक्रिया दुई चरणमा भइरहेको छ। पहिलो चरणमा दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा भएको पुष्टि गरी निस्सा लिन्छन्। त्यसपछि मात्र बन्दसूची दर्ता गरिन्छ।

भट्टराईले भने, “आज र भोलि (सोमबार) दलहरूले बन्दसूची पेश गर्ने समय तोकिएको छ। सेवा प्रवाह र स्रोत व्यवस्थापन पूर्ण रूपमा मिलाइएको छ र सबै दललाई पूर्वनिर्धारित कार्यक्रमअनुसार सहयोग गरिनेछ।”

निर्वाचन आयोगले विभिन्न समूहको प्रतिनिधित्व सुनिश्चित गर्न कानूनी व्यवस्था अनुसार दलहरूले नामावली तयार गरी पेश गर्ने विश्वास व्यक्त गरेको छ।