Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रहरी देखेपछि झोला फालेर फरार, देवानगञ्जमा २२२० ट्रामाडोल बरामद

प्रहरी देखेपछि झोला फालेर फरार, देवानगञ्जमा २२२० ट्रामाडोल बरामद

काठमाडौँ । सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका–२ स्थित कबरिस्तान नजिकबाट प्रहरीले ठूलो मात्रामा लागूऔषध ट्रामाडोल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको टोलीले शनिबार साँझ २२२० ट्याब्लेट ट्रामाडोल नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले प्रहरी देख्नासाथ झोला फालेर फरार भएका थिए। पछि प्रहरीले झोला खानतलास गर्दा लागूऔषध फेला परेको जनाएको छ। फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।