Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सञ्चारमन्त्री खरेल रास्वपा प्रवेश गर्न लागेका हुन् ?

सञ्चारमन्त्री खरेल रास्वपा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्ने संकेत गरेका छन् ।  आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले रास्वपा प्रवेशको संकेत गरेका हुन् ।  

‘नयाँ दिन, नयाँ शुरूवात। सुन्दर र समुन्नत नेपालको सपना। गन्तव्य तय हुँदैछ…’ भन्ने भावका शब्दसहित खरेलले लेखेको स्टाटसलाई गए राति रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीचको सहमतिलाई केन्द्रित राजनीतिक सन्देशका रूपमा हेरिएको छ।

रवि र बालेनबीचको सहमतिपछि खरेलको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ। विशेषगरी परिवर्तन, नयाँ सुरूवात र गन्तव्य तय हुँदैछ भन्ने संकेतले उनको आगामी राजनीतिक कदम रास्वपातर्फ उन्मुख हुन सक्ने अनुमान गरिएको छ।

यद्यपि, खरेलले औपचारिक रूपमा रास्वपा प्रवेशबारे कुनै स्पष्ट घोषणा भने गरेका छैनन्। तर उनको स्टाटसपछि सामाजिक सञ्जाल र राजनीतिक क्षेत्रमै रास्वपा प्रवेशको संकेत दिएको भनेर चर्चा चुलिएको छ।