Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेनसँगको सहमतिबारे रवि- सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

बालेनसँगको सहमतिबारे रवि- सहमति देशलाई चाहिएको जस्तो हुनुपर्छ

काठमाडौं । आइतबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहबीच सहमति भयो ।

उक्त सहमतिपश्चात रवि लामिछानेले आफूहरले नेताहरूले खोजेको जस्तो नभइ देशलाई चाहिएको जस्तो सहमति गरेको प्रतिक्रिया दिएका छन् । "सहमति भनेको नेताले खोजेको जस्तो होइन, देशलाई चाहिएको जस्तो हुनुपर्छ," सहमतिपछि लामीछानेले फेसबुकमा लेखेका छन् ।

लामो रस्साकस्सीपछि बालेन र रवि सहमतिमा पुगेका हुन् । उनीहरूबीच ७ बुँदे सहमति भएको छ । यो सहमतिपछि पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी, चुनाव चिह्न घण्टी र पार्टी सभापति रवि लामिछाने नै रहने भएका छन् ।

उता, भावी प्रधानमन्त्री र संसदीय दलको नेतामा बालेन्द्र साहलाई अघि सारिने भएको छ ।