काठमाडौँ । रवि लामिछाने र बालेन शाह बीच आज सम्झौता नहुने भएको छ । रास्वपा र बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएपनि आज सम्झौता नहुने भएको छ । दुवै पक्षका दुई–दुई जना रहेको चार सदस्यीय वार्ता समितिबीच छलफल भएर प्रस्तावहरूमा लगभग सहमति भए पनि अन्तिम टुंगो भने लाग्न नसकेको हो ।
आजै रवि र बालेन शाह बिचमा सम्झौता हुने बताइएपनि शाहको व्यवस्ताले गर्दा सहमतिपत्रलाई अन्तिम रुप दिन नसकिएको पाइएको हो । केहीँ दिन देखि बालेन शाह र रवि लामिछाने निरन्तर छलफलमा रहेका छन् तर अझै अन्तिम निष्कर्ष निस्कन भने बाँकी रहेको छ ।