Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लालबन्दीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

लालबन्दीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु

काठमाडौँ । लालबन्दी नगरपालिका–२, जुटपानीस्थित नवलपुर–मलंगवा सडक खण्डमा ट्रकको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। कबाड बोकेको ना ७ ख ७३६९ नम्बरको १४ चक्के ट्रकले साइकललाई ठक्कर दिँदा करिब ६० वर्षका मेन्डु दोर्जे लोप्चनको घटनास्थलमै ज्यान गएको हो।

नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको साइकललाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक घटनास्थलमै रहे पनि चालक फरार छन् र उनको पहिचान खुल्न सकेको छैन।

मृतकको शव घटनास्थलमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।