Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ताप्लेजुङको तमोर फाईभ हाइड्रोपावरमा दुर्घटनाः १ जनाको मृत्यु, १ घाइते

ताप्लेजुङको तमोर फाईभ हाइड्रोपावरमा दुर्घटनाः १ जनाको मृत्यु, १ घाइते

काठमाडौँ । फक्तालुङ गाउँपालिका–६, पिपल चोकस्थित तमोर फाईभ हाइड्रोपावरको आटलेट सुरुङमा ढुङ्गा खस्दा भद्र बहादुर शाहीको मृत्यु भएको छ। उनी दैलेख, गुराँस गाउँपालिका–३ का थिए र बिहान ९:३० बजे आधारभूत अस्पताल तापेथोकमा ल्याइएको थियो।

घटनामा अर्का घाइते, आकाश खड्का (बर्दिया, मधुवन–४) को दाहिने खुट्टा भाचिएको छ। उनलाई प्रारम्भिक उपचारपछि जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ र उनको अवस्था खतरा मुक्त छ।

मृतकको शव जिल्ला अस्पताल ताप्लेजुङ पठाइएको छ भने घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अघि बढाइरहेको छ। दुर्घटना स्थल प्रहरी चौकी तापेथोकबाट करिब ३ किलोमिटर उत्तरमा रहेको छ।