काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग राजनीतिक भेटघाटको सिलसिला जारी छ। आज पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई ललितपुरको ज्वागलस्थित सहयोगी कुमार बेनको घरमा मेयर शाहलाई भेट्न पुगेका छन्।
भट्टराईको सचिवालयका अनुसार, भेट बालेनको आग्रहमा भएको हो। मेयर शाहले बिहानैदेखि विभिन्न राजनीतिक नेताहरूसँग भेटघाट गरिरहेका छन्। यसअघि उनी रास्वपा सभापति रवि लामिछाने, निवर्तमान सांसद तथा जेनजी अगुवासँग छलफल गरिसकेका छन्।