Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सर्लाहीमा मोटरसाइकल दुर्घटना, रामनगर गाउँपालिकाका एक कर्मचारीको मृत्यु

सर्लाहीमा मोटरसाइकल दुर्घटना, रामनगर गाउँपालिकाका एक कर्मचारीको मृत्यु

काठमाडौँ । सर्लाहीको बलरा नगरपालिका–१० सुदामामा भएको मोटरसाइकल दुर्घटनामा रामनगर गाउँपालिकाका एक कर्मचारीको मृत्यु भएको छ। सुदामा ब्यारेज नजिक मप्र ०३–०२ प ३७४४ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिँदा चालक रामनगर गाउँपालिका–१ खैर्वाका ४० वर्षीय सञ्जय यादव मृत अवस्थामा फेला परेका हुन्।

सर्लाही प्रहरीका अनुसार स्थानीयले आज बिहान दुर्घटना देखेपछि प्रहरीलाई जानकारी दिएका थिए। यादव बुधबार साँझ रामनगर–५ स्थित गाउँपालिका अध्यक्ष राजाबाबु यादवको घरबाट गाउँपालिकाकै मोटरसाइकल लिएर घर फर्किने क्रममा दुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।