काठमाडौँ । राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच एकता हुने भएको छ । दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाले एकता सम्झौतामा हस्ताक्षर गरेका हुन्। एकतापछि लिङ्देन नै अध्यक्ष बन्ने छन् भने थापालाई पूर्वअध्यक्षको हैसियत दिइने भएको हो ।
सम्झौतामा हस्ताक्षर गरेपछि दुवैले एकअर्कासँग अंगालो मारेका थिए। एकता घोषणा भने पुस १६ गते राष्ट्रियसभा गृहमा हुने छ।