काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले वर्तमान सरकार विघटन गरी नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गर्दै राष्ट्रपतिलाई ज्ञापनपत्र बुझाएको छ।
बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको १३ बुँदे ज्ञापनपत्रमा जेनजी आन्दोलनको भावनाअनुसार अन्तरिम सरकार भंग गरी सर्वपक्षीय अन्तरिम सरकार बनाइनुपर्ने उल्लेख छ। ज्ञापनपत्रमा आन्दोलनका क्रममा भएका घटनाका दोषीमाथि कारबाही, भदौ २४ गतेको आगजनी घटनामा संलग्नलाई कारबाही, भ्रष्टाचार छानबिनका लागि उच्चस्तरीय नागरिक आयोग गठन तथा संविधान पुनर्लेखनको माग गरिएको छ।
मागहरू १० दिनभित्र पूरा नभए सडक संघर्षमा जाने चेतावनीसमेत दिइएको छ।

