काठमाडौँ । जेनजी आन्दोलनको समयमा केन्द्रीय कारागारबाट फरार भएका दुई कैदीलाई पर्सा प्रहरीले मंगलबार पक्राउ गरी वीरगञ्ज कारागारमा बुझाएको छ।
प्रवक्ता राजु कार्कीका अनुसार, बाराको विश्रामपुर–२५ का सुदामा पासवान र परवानीपुर–२ का विवेकलाल साह कानु फरार थिए। पासवान २५ वर्ष कर्तव्य ज्यान मुद्दामा कारागार भुक्तान गरिरहेका थिए भने साह कानु उच्च अदालत पाटनको आदेशले तिर्न नसकेको रु ५० हजार धरौटी मुद्दामा कैदमा थिए। विशेष सूचनाको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।