Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नक्कली शाखा अधिकृत बनि हिँड्ने युवक पक्राउ

नक्कली शाखा अधिकृत बनि हिँड्ने युवक पक्राउ

काठमाडौं । लोकसेवा आयोगको परीक्षा दिएर मात्रै पदमा नियुक्त हुने प्रणालीलाई नजिकबाट चुनौती दिन खोज्ने एक २३ वर्षीय युवक प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको झोछे बस्ने समन श्रेष्ठले परीक्षा नै नदिई आफूलाई शाखा अधिकृत घोषणा गरेर सरकारी पोसाक लगाउँदै नक्कली नियुक्ति पत्रसहित हिँड्न थालेका थिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार श्रेष्ठले नक्कली कागजात तयार पारी समाजमा आफू उच्च ओहोदाको कर्मचारी भएको भ्रम फैलाएका थिए। उनलाई टेकु क्षेत्रबाट नियन्त्रणमा लिएर सरकारी छाप र लिखत सम्बन्धी कसूरमा मुद्दा चलाउने तयारी भइरहेको छ। थप अनुसन्धानका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।