Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

यी हुन् खारेज भएका ६ राजनीतिक दल दल

यी हुन् खारेज भएका ६ राजनीतिक दल दल

काठमाडौं । निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरेको हो । 

“लगातार लेखापरीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिवाना नबुझाएको हुनाले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको हो,” आयोगका राजनीतिक दल महाशाखा प्रमुख यज्ञप्रसाद भट्टराईले भने । 

यी हुन् दर्ता खारेज भएका दल 
१) आमआदमी पार्टी, नेपाल 
२) नेपाल कम्युनिस्ट पार्टी, लोकतान्त्रिक
३) नेपाल राष्ट्रवादी पार्टी
४) आधुनिक नेपाल समाजवादी पार्टी
५) नेपाल कम्युनिस्ट पार्टी, गौरवशाली 
६) माओवादी जनमुक्ति पार्टी, नेपाल