Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछाने चितवन अदालतमा तारिख बुझेर स्थलमार्ग हुँदै भैरहवा प्रस्थान

रवि लामिछाने चितवन अदालतमा तारिख बुझेर स्थलमार्ग हुँदै भैरहवा प्रस्थान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा तारिख बुझेर पुनः भैरहवा प्रस्थान गरेका छन्। लामिछाने आज चितवन पुगेर अदालतमा उपस्थित भई तारेख लिएका हुन्।

सहारा चितवन सहकारी लिमिटेडको रकम हिनामिना प्रकरणसँग सम्बन्धित मुद्दामा उनी जिल्ला अदालत चितवनमा हाजिर भएका थिए। तारिख प्रक्रिया पूरा गरेपछि लामिछाने स्थलमार्ग हुँदै रुपन्देही जिल्ला अदालततर्फ प्रस्थान गरेका छन्।

उक्त प्रकरणमा उनीमाथि अनुसन्धान तथा अदालती प्रक्रिया जारी रहेको छ।