Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्णालीमा रोचक राजनीतिक संयोग : बुबा कांग्रेसबाट सिफारिस, छोरा रास्वपाको सूचीमा

कर्णालीमा रोचक राजनीतिक संयोग : बुबा कांग्रेसबाट सिफारिस, छोरा रास्वपाको सूचीमा

काठमाडौँ । कर्णाली प्रदेशको राजनीतिक वृत्तमा रोचक संयोग देखिएको छ। नेपाली कांग्रेस कर्णाली प्रदेशका उपसभापति कालीबहादुर सहकारीका छोरा दिनेश बोगटी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिसभा समानुपातिकतर्फको प्रारम्भिक सूचीमा समावेश भएका छन्।

दिनेश बोगटी रास्वपाको समानुपातिक उम्मेदवारको प्रारम्भिक सूचीमा परेपछि राजनीतिमा चासो बढेको छ। यसैबीच उनका बुबा कालीबहादुर सहकारी स्वयं पनि नेपाली कांग्रेसबाट प्रतिनिधिसभाको समानुपातिकतर्फ सिफारिस भएका छन्।

एकै परिवारका बुबा र छोरा फरक–फरक राजनीतिक दलबाट समानुपातिक उम्मेदवारको सूचीमा पर्नु कर्णालीको राजनीतिमा दुर्लभ र चासोको विषय बनेको छ।