Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

प्रधानमन्त्री सहित देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिले बोलाए, रविलाई छैन निम्तो

प्रधानमन्त्री सहित देउवा, ओली र प्रचण्डलाई राष्ट्रपतिले बोलाए, रविलाई छैन निम्तो

काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक प्रधानमन्त्री सुशीला कार्की र विघटित प्रतिनिधिसभाका तीन प्रमुख दलका शीर्ष नेताबीच सामूहिक छलफल हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको रोहबरमा मंगलबार दिउँसो ३ बजे यो बैठक आयोजना गरिएको हो।

राष्ट्रपति पौडेलले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छलफलका लागि बोलाएका छन्। यस बैठकमा प्रधानमन्त्री कार्की पनि सहभागी हुने राष्ट्रपति सचिवालयले पुष्टि गरेको छ।

तर, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीत्रयसँग हुने छलफलको स्पष्ट एजेन्डा भने सार्वजनिक गरिएको छैन।