Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

५ महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब नजिक, आयात–निर्यात दुवै बढे

५ महिनामा नेपालको वैदेशिक व्यापार ९ खर्ब नजिक, आयात–निर्यात दुवै बढे

काठमाडौँ । नेपालले साउनदेखि मंसिरसम्म करिब ८ खर्ब ८२ अर्ब रुपैयाँको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागका अनुसार यो अवधि गत वर्षको ७ खर्ब ३५ अर्बको तुलनामा उल्लेखनीय वृद्धि हो।

यस अवधिमा आयात १५.८३ प्रतिशत बढेर ७ खर्ब ६६ अर्ब रुपैयाँ पुगेको छ भने निर्यात ५८.१७ प्रतिशतले बढेर १ खर्ब १६ अर्ब रुपैयाँ नजिक पुगेको छ। तथापि, व्यापार घाटा १०.५१ प्रतिशतले बढेर ६ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ।

कुल व्यापारमा निर्यातको हिस्सा ३१.७३ प्रतिशतले बढेको छ भने आयातको हिस्सा ३.५३ प्रतिशतले घटेको छ। यस अवधिको आयात–निर्यात अनुपात पनि २६.७७ प्रतिशतले ऋणात्मक देखिएको छ।