काठमाडौँ । सर्वपक्षीय सरकार गठनको माग गर्दै जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशभर शान्तिपूर्ण आन्दोलन सुरु गर्ने भएको छ। आइतबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत समूहका संयोजक मिराज ढुङ्गानाले आन्दोलनको घोषणा गरेका हुन्।
उनका अनुसार भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित भई आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गरिएको छ। ढुङ्गानाले जेनजी आन्दोलनप्रति धोका भएको दाबी गर्दै वर्तमान राजनीतिक व्यवस्थाप्रति असन्तुष्टि जनाए।
पत्रकार सम्मेलनमा उनले सुशीला कार्की नेतृत्वको सरकार असफल भइसकेको दाबी गर्दै अब सर्वपक्षीय सरकार नै आवश्यक रहेको बताए।