Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ताप्लेजुङमा बन्दुकसहित युवक मृत फेला, घटनाको कारण खुल्न बाँकी

ताप्लेजुङमा बन्दुकसहित युवक मृत फेला, घटनाको कारण खुल्न बाँकी

काठमाडौँ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा एक युवकको शव भरुवा बन्दुकसहित फेला परेको छ। मैवाखोला–३ लेकुवाका २६ वर्षीय फुर्वा शेर्पा आज बिहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार शेर्पाको शव स्थानीय तिलोकसिंह लिम्बूको अलैंचीबारीमा बन्दुकसँगै फेला परेको हो। घटनाबारे वडाध्यक्ष खगेन्द्र थक्लुङबाट सूचना पाएपछि सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा सोही बन्दुक पड्किँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।

जिल्ला प्रहरी प्रमुख वेदप्रसाद गौतमका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।