Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

विराटनगरमा नोबेल मेडिकल कलेजका इन्टर्न डाक्टरको निधन, घटनाको अनुसन्धान जारी

विराटनगरमा नोबेल मेडिकल कलेजका इन्टर्न डाक्टरको निधन, घटनाको अनुसन्धान जारी

काठमाडौँ । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत एक इन्टर्न डाक्टरको आज बिहान दुःखद निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका–९ निवासी अमित यादव अस्पताल भवनको पाँचौँ तलाबाट खसेका अवस्थामा भेटिएपछि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब ६ बजेतिर यादव अस्पतालको मुख्य गेट अगाडि गम्भीर घाइते अवस्थामा फेला परेका थिए। टाउकोमा चोट लागेका उनलाई तत्काल आकस्मिक कक्षमा लगिए पनि जोगाउन सकिएन। प्रारम्भिक रूपमा घटनालाई आत्महत्याको आशंकासहित अनुसन्धान भइरहेको डीएसपी कोपिला चुडालले जानकारी दिइन्।

यादव केही समयदेखि मानसिक समस्याको उपचारका लागि औषधि सेवन गरिरहेको परिवार र अस्पताल प्रशासनले जनाएको छ। घटनास्थलमा प्रहरी परिचालन गरिएको छ भने अस्पताल प्रशासनले पनि आन्तरिक रूपमा बुझ्ने काम भइरहेको बताएको छ।