Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्थानीय बजारमा सुन घट्यो, चाँदी चार हजार नाघ्यो

स्थानीय बजारमा सुन घट्यो, चाँदी चार हजार नाघ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य पछिल्ला दिनहरूमा स्थिर हुन सकेको छैन। शुक्रबार प्रतितोला रु दुई लाख ६० हजार ४०० पुगेको छापावाल सुनको मूल्य आज घटेर रु दुई लाख ५८ हजार ३०० मा कायम भएको छ।

उता चाँदीको मूल्य भने बढ्दो क्रममा देखिएको छ। केही दिनअघि प्रतितोला रु तीन हजार ८८५ रहेको चाँदी बिहीबार रु चार हजार ८० पुगेको थियो भने आज थप बढेर रु चार हजार १०५ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।