Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बालेन र हर्क साम्पाङलाई प्रचण्डद्धारा सहिदको रगतको मूल्य बुझ्न आग्रह

बालेन र हर्क साम्पाङलाई प्रचण्डद्धारा सहिदको रगतको मूल्य बुझ्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन साह र हर्क साम्पाङलाई सहिदको रगतको मूल्य बुझ्न आग्रह गरेका छन्। 

नेकपाले काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै लोकतन्त्र ल्याउन गरिएको त्याग स्मरण गर्न बालेन र हर्कलाई सचेत गराएका हुन्। ‘म बालेन र हर्क साम्पाङलाई भन्न चाहन्छु, हामीले ल्याएको लोकतन्त्रमै फुलेको फूल हो तपाईंहरू,’ प्रचण्डले भनेका छन् । 

संसदमा बोल्दा पनि उनीहरूलाई सम्झाएको र अझै पनि लोकतन्त्रका पक्षमा लड्न आग्रह गर्न चाहेको उनको भनाइ थियो। उनले भने, ‘फेरि पनि बालेन र हर्क साम्पाङलाई भन्छु– हाम्रो रगत र पसिनाको मूल्य बुझ्नुहोस्, सहिदको रगतको मूल्य बुझ्नुहोस्।’