काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज धरौटीमा रिहा भएपछिको पहिलोपटक राजनीतिक सम्बोधन गर्ने भएका छन्। रास्वपा प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार आज चितवनको भतरपुरस्थित चौबीसकोटीमा रवि लामिछानेले सम्बोधन गर्ने भएका हुन् । अहिले रवि लामिछानेलाई भेट्न रास्वपा र रविका समर्थक शुभचिन्तकहरु चितवानमा पुगिरहेका छन ।
हिजो देखी नै बुटवल आसपासमा रहेका समर्थक,नबलपरासी र चितवनमा रहेका समर्थकहरु र कार्यकर्ताहरु साथमै हिडेका छन । यसपछि लामिछाने दिउँसो १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौँ आउने जानकारी पनि प्रवक्ता झाले दिएका छन्। रविले ‘आजै काठमाडौँ आएर जेनजी आन्दोलनका सहिदका परिवार तथा घाइतेहरूलाई भेट्न सुरुवात गर्ने कार्यक्रम पनि छ।