काठमाडौँ । आज नेपाली कम्युनिस्ट पार्टी ले काठमाडौँमा एकता सन्देश सभाको आयोजना गरेको छ । नेकपाले भृकुटीमण्डपमा हुने सभामा ५० हजार सहभागी हुने जनाइएको हो । बागमती प्रदेश, विशेष प्रदेश र सम्पर्क प्रदेशको संयुक्त आयोजनामा सभा हुन लागेको छ ।
बिहान ११ः३० बजे सुन्धारा, नयाँ सडक चोक र शान्ति बाटिकामा सहभागीले दिउँसो सवा १२ बजेबाट जुलुस प्रदर्शन गर्दै भृकुटीमण्डप पुग्ने नेकपाका नेताहरुले जनाएका छन् ।
पार्टीका शीर्ष नेताहरू जुलुसमा सहभागी नभई सिधै मञ्चमा प्रवेश गर्ने बताइएको छ । सभालाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता झलनाथ खनाल, वामदेव गौतम, भीम रावल लगायत नेताहरूले सम्बोधन तालिका छ ।