Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेसका सभापति देउवाले बोलाए कार्यवाहक सभापति र महामन्त्रीलाई छलफलमा

कांग्रेसका सभापति देउवाले बोलाए कार्यवाहक सभापति र महामन्त्रीलाई छलफलमा

काठमाडौँ । कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलमा बोलाएका छन् । शनिबार बिहान ९ बजे बैठक बस्ने गरी सभापति देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मालाई बोलाएको पाइएको हो ।

सभापति देउवाले महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न शीर्ष नेताहरूलाई बोलाइएको बताइएको छ । कांग्रेसले निर्वाचन र क्रियाशील सदस्यता छानबिन समिति गठन गरे पनि हालसम्म विधान मस्यौदा समिति बनाइसकेको छैन ।