Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रामपुर बजारमा बस जाँच्दा ब्राउनसुगरसहित सहचालक पक्राउ

रामपुर बजारमा बस जाँच्दा ब्राउनसुगरसहित सहचालक पक्राउ

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–९ रामपुर बजारमा प्रहरीले सवारी साधन जाँचका क्रममा प्रतिबन्धित लागूऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बेलका–७ कालीखोलाका २२ वर्षीय रेमन मग्राती रहेका छन्।

मदन भण्डारी लोकमार्गअन्तर्गत विराटनगरबाट कटारीतर्फ जाँदै गरेको प्र १–०२–००२ ख ००६७ नम्बरको बस जाँच गर्दा सहचालक मग्रातीको साथबाट करिब १ सय ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ। उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।