Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज बिहानदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिकतर्फ) नै रोकिएका छन् । भैरहवाको मौसम खराब हुँदा लामिछाने काठमाडौँमै रोकिएका हुन् । बिहान साढे ८ बजे  नै  त्रिभुवन विमानस्थल पुगेका लामिछाने  भैरहवा  विमानस्थल नखुलेका कारण काठमाडौँमै रोकिएका हुन् । फस्ट फ्लाइटमै रुपन्देही ल्याउने तयारी भए पनि  विमानस्थलमा हुस्सु लागेका कारणले ढिलाइ भएको लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले बताए ।

बिहीबार उच्च अदालत बुटवल तुलसीपुरले थुनाबाहिर बसेरै मुद्दा लड्न पाउने आदेश गरेसँगै लामिछाने आज अदालत उपस्थित हुन जहाजमार्फत भैरहवा जान लागेका छन् । बिहान ७ः५५ बजेको उडान भनिए पनि अहिलेसम्म उडान भएको छैन । पछिल्लदो समय सहकारी ठगी मुद्धामा कारागारमा रहेका लामिछानेलाई हिजो उच्च अदालत बुटवलको ईजलासले धरौटिमा रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ जमानतवापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । अदालतका न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले सो आदेश दिएको हो ।

रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीको मुद्दा आज एक नम्बर इजलासमा परेको थियो । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा थुनामा रहेका लामिछाने र जोशीले आफूहरू सहित चार जना व्यक्तिहरूलाई सामूहिक बिगो कायम गरिएको १० करोड ९९ लाख ३६ हजार रुपैयाँमध्ये आफ्नो भागमा पर्ने रकम बुझाएर रिहा गर्न माग गर्दै अदालतमा निवेदन दिएका थिए।लामिछानेले बिगोमध्ये आफ्नो भागको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत समेत जिल्ला अदालत रुपन्देहीमा पेस गरे पनि गत साउन २६ गते जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले रिहा गर्न अस्वीकार गरेपछि लामिछानेले भदौ ९ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दर्ता गराएका थिए।

मुद्दा गत हप्ता हेर्न नमिल्नेमा परेको थियो भने यसअघि दुई पटक रवि पक्षका कानून व्यवसायीले निवेदन दिएर बहस रोकिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले रिहा गर्न अस्वीकार गरेको थियो ।