Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बेनिटारमा बस जाँचका क्रममा कटुवा पेस्तोलसहित युवक पक्राउ

बेनिटारमा बस जाँचका क्रममा कटुवा पेस्तोलसहित युवक पक्राउ

काठमाडौँ । तनहुँको आँबुखैरेनी–४ बेनिटारमा प्रहरीले सवारी जाँचका क्रममा हतियार बोकेका एक युवकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ का १९ वर्षीय ओमबाबु प्रसाद यादव रहेका छन्।

प्रहरीका अनुसार कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग२ख २७५ नम्बरको बस जाँच गर्दा यादवको साथबाट एक थान कटुवा पेस्तोल फेला परेको हो। उनलाई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको छ। पृथ्वीराजमार्गमा सवारी जाँचलाई हाल कडाइ गरिएको प्रहरीले जनाएको छ।