काठमाडौँ । केही दिनअघि गुल्मीको पनाह खोलामा भेटिएको बेवारिसे शव अन्ततः पहिचान भएको छ। उक्त शव रेसुङ्गा नगरपालिका–१ का ३४ वर्षीय मनोज पोखरेलको भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
प्रहरीका अनुसार मनोज मंसिर १४ गतेदेखि घरबाट हराइरहेका थिए। शुक्रबार बिहान उनका बुबा कृष्णप्रसाद पोखरेलले शवको सनाखत गरेका हुन्। प्रारम्भिक जानकारीअनुसार मनोजमा केही बौद्धिक अपाङ्गता रहेको थियो। हाल शव जिल्ला अस्पताल तम्घासमा राखी पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ।