Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेरधन सचिवमा विजयी भएपछि गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै श्रीमती जाङ्मुको बधाई

शेरधन सचिवमा विजयी भएपछि गर्भवती भएको तस्वीर सार्वजनिक गर्दै श्रीमती जाङ्मुको बधाई

काठमाडौँ ।  कोशी प्रदेशका पहिलो मुख्यमन्त्री शेरधन राईले एमाले केन्द्रीय सचिवमा विजयी भएपछि पत्नी जाङ्मु इन शेर्पाले बधाई दिँदै आफू गर्भवती भएको तस्वीर पहिलोपटक सार्वजनिक गरेकी छन् ।

जाङ्मुले जन्मँदै गरेको ‘धड्कन’को पनि सवाल पहिलोपटक सार्वजनिक गरेकी छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भावुक पोस्टमा लेखेकी छन्, ‘आज पार्टीको सचिव जस्तो गरिमामय पदमा निर्वाचित हुनुभएका मेरा जीवनसाथीलाई हृदयदेखि हार्दिक बधाई र सफल कार्यकालको शुभकामना । यो खुसीसँगै, हाम्रो जीवनमा आउँदै गरेको सानो मुटुको धड्कनको खबर पनि तपाईंहरूसँग बाँड्न मन लाग्यो । नयाँ जिम्मेवारी, नयाँ सपना, र नयाँ जीवन । यो यात्रामा तपाईंहरूको माया, आशीर्वाद र शुभेच्छा हाम्रो सबैभन्दा ठूलो शक्ति हुनेछ ।’