Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ओलीले दिए आफुलाई छोए देश ठप्प पार्ने चेतावनी, जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी

ओलीले दिए आफुलाई छोए देश ठप्प पार्ने चेतावनी, जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश ठप्प पार्ने चेतावनी दिएका छन् । उनले आफूमाथि जाली मुद्दा लगाउने षड्यन्त्र भएको दाबी गर्दै यदी त्यस्तो भए देशभरबाट एमाले उठ्ने चेतावनी दिएका हुन् ।  ‘अब पञ्चालकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदैछ,’ ओलीले भने, ‘एमाले नेतृत्वमाथि छोएमा देश ठप्प हुनुपर्छ । एमालेले सरकार ढाल्ने छ । एमालेलाई छोएको त्यो महंगो पर्ने छ ।’

उनले जाली मुद्दा लगाएमा देशभर जाम गर्न निर्देशन दिएका छन् । ‘हामी कुराले होइन, कामले तयार हुनुपर्छ गरेर देखाउनुपर्छ,’ ओलीले भनेका छन् ।
ओलीले अहिलेको अराजकता रोक्नका लागि तयारी अवस्थामा रहने बताए ।