काठमाडौँ । सुदन गुरुङले रवि लामिछानेको रिहाइलाई स्वागत गरेका छन्। लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गुरुङले अब अन्तिम एकताको समय आएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रास्वपालाई बधाई। जनताको परम शक्तिलाई एकताबद्ध गर्न उत्सुक छु। अब अन्तिम एकताको समय आयो।’ गुरुङले लामिछानेको रिहाइसँगै नयाँ सिराबाट जनताको शक्तिलाई एक ठाउँमा ल्याउनुपर्ने सङ्केत गरेका छन्।