Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनगढीमाइको पोखरीमा बेपत्ता पुरुष मृत अवस्थामा फेला

धनगढीमाइको पोखरीमा बेपत्ता पुरुष मृत अवस्थामा फेला

काठमाडौँ । सिरहाको धनगढीमाइ नगरपालिका–१ बाखैरस्थित पोखरीमा आज बिहान एक पुरुषको शव फेला परेको छ। मृतक धनगढीमाइ नगरपालिका–४ जयपुरका करिब ३८ वर्षीय पशुपति यादव रहेको पहिचान खुलेको छ।

शनिबार बेलुकादेखि सम्पर्कविहीन रहेका यादवको शव आइतबार बिहान पोखरीमा देखेपछि स्थानीयले जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान थालेको स्थानीय ब्रहम देव यादवले बताए।

प्रहरीले शवको पहिचान गरी मृतकका परिवारलाई जानकारी गराइसकेको छ। इलाका प्रहरी कार्यालय लाहानका अनुसार घटनास्थलको मुचुल्का उठाउने काम सम्पन्न भइसकेको छ र शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ। हराइरहेका व्यक्तिको शव पोखरीमा भेटिएकाले घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।