काठमाडौँ । एमालेको ११औँ महाधिवेशनमा मत गणना जारी रहेको छ। पछिल्लो समयको मत परिणाम अनुसार सचिवमा केपी शर्मा ओली टिमका ९ जना उम्मेदवारले अग्रता लिएको देखिएको छ ।
ओली टिमका छविलाल विश्वकर्मा र महेश बस्नेतले सर्वाधिक मत ३११ सहित अग्रता लिँदा पद्माकुमारी अर्याल र शेरधन राईले पनि ३ सय मत कटाएका छन्।
अर्यालले ३०५ र राईले ३०० मत पाएका छन्। यस्तै खगराज अधिकारीले २७९, हिक्मत कुमार कार्कीले २७४, यमलाल कडेलले २६९, राजन भट्टराईले २३६ र भानुभक्त ढकालले २२५ मत पाएका छन्।
सचिवमा २० जनाको उम्मेदवारी परेको छ। अन्य उम्मेदवारले भने २ सय मत नघाउन सकेका छैनन्।