काठमाडौँ । पत्रकार राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । बुधबार पार्टी कार्यालय बनस्थलीमा रास्वपाका नेताहरुले पत्रकार खत्रीलाई पार्टीको व्याच प्रदान गरेर पार्टी प्रवेश गराएका हुन् ।
खत्रीले पार्टीले दिने जुनसुकै भूमिका निर्वाह गर्न आफु तयार भएको बताए । उनले आगामी निर्वाचनका उठ्ने बिषयमा पार्टीको निर्णय स्वीकार गर्ने उल्लेख गरे। त्यस्तै खत्रीले राम्रा सोच भएका राजनीतिक दलहरु एकै ठाँउमा आउनुपर्ने बताए ।
सक्रिय पत्रकारिता गरिरहेका खत्री पत्रकारिता क्षेत्रलाई छाडेर राजनीतिमा होमिएका हुन् ।