Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धनकुटामा घाँस काट्न गएका बालकको करेन्ट लागेर मृत्यु

धनकुटामा घाँस काट्न गएका बालकको करेन्ट लागेर मृत्यु

काठमाडौँ । धनकुटामा करेन्ट लाग्दा १४ वर्षीय एक बालकको मृत्यु भएको छ। पाख्रिबास नगरपालिका–५ चौतारास्थित जंगलमा घाँस काट्न गएका क्रममा स्थानीय लोकबहादुर तामाङका छोरा बादल तामाङको ज्यान गएको हो।

धनकुटा प्रहरीका सूचना अधिकारी किशोर तामाङका अनुसार विद्युत् सपोर्ट तारमा बहेको करेन्ट बालकलाई लाग्दा घटनास्थलमै उनको मृत्यु भएको हो।

घटनाबारे प्रारम्भिक अनुसन्धान सम्पन्न गरी शव पोस्टमार्टमका लागि धनकुटा अस्पताल पठाइएको प्रहरीले जनाएको छ।