Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पुस ४ गते मधेस प्रदेश सभामा मुख्यमन्त्री यादवको विश्वासको मत

पुस ४ गते मधेस प्रदेश सभामा मुख्यमन्त्री यादवको विश्वासको मत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। यसका लागि उनले बुधबार प्रदेश सभा सचिवालयलाई औपचारिक पत्र पठाउँदै आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।

मुख्यमन्त्री यादवले पठाएको पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) अनुसार २०८२ पुस ४ गते शुक्रबार दिउँसो ४ बजे प्रदेश सभाबाट विश्वासको मत लिने उल्लेख गरिएको छ।

विश्वासको मत नलिएकै कारण हालसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। अहिले मन्त्रिपरिषद्मा नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य तथा जनसंख्यामन्त्री, नेकपा (एकीकृत समाजवादी)बाट गणेश पटेल उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री, नेकपा (माओवादी केन्द्र)बाट जवाहर कुशवाह ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र लोकतान्त्रिक समाजवादी पार्टीबाट रानीकुमारी तिवारी मन्त्री रहेकी छन्। तिवारीलाई भने अझै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन।

मुख्यमन्त्री यादव गत मंसिर १९ गते छ दलका ७७ जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानअनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बनेको मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

1.jpg