काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा मतदानको समय फेरि परिवर्तन भएको छ। केन्द्रीय निर्वाचन आयोगले संशोधित तालिकाअनुसार अब आज साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुने भएको छ। पहिले यो मतदान दिउँसो ४ बजेदेखि हुने तय गरिएको थियो।